पहिलो धरान महिला गोल्डकपमा एपीएफको दमदार सुरुवात, झारखण्ड ७-० ले पराजित
गणतन्त्र खवर, धरान । पहिलो धरान अन्तर्राष्ट्रिय महिला गोल्डकपमा विभागीय टोली एपीएफ फुटबल क्लबले विजयी सुरुवात गरेको छ । डी-१९ क्लब, धरान-१९ को आयोजनामा शनिबार राति भएको उद्घाटन खेलमा एपीएफले भारतको झारखण्डस्थित एक्वा फुटबल क्लबलाई ७-० गोलले पराजित गरेको हो ।
एपीएफको जितमा पूर्णिमा राईले उत्कृष्ट प्रदर्शन गर्दै एक्लै चार गोल गरिन् । खेलको पहिलो हाफमा दुई गोल गरेकी उनले दोस्रो हाफमा पनि दुई गोल थपिन् । उनले पहिलो हाफको १८औँ र २६औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन् ।
त्यसपछि दोस्रो हाफको १६औँ र ३२औँ मिनेटमा थप दुई गोल गर्दै पूर्णिमाले व्यक्तिगत चार गोल पूरा गरिन् । उनको प्रदर्शनले एपीएफको जितलाई फराकिलो बनाउन महत्वपूर्ण भूमिका खेल्यो ।
त्यस्तै, एपीएफकी रश्मि कुमारी घिसिङले दुई गोल गरिन् । उनले पहिलो हाफको २९औँ मिनेट र दोस्रो हाफको ४३औँ मिनेटमा गोल गरेकी थिइन् । एपीएफले एक गोल भने विपक्षी टोलीका खेलाडीबाट आत्मघाती गोलका रूपमा पाएको थियो ।
चार गोलसहित टोलीको जितमा महत्वपूर्ण योगदान पुर्याएकी पूर्णिमा राई उद्घाटन खेलको प्लेयर अफ द म्याच घोषित भइन् । उनले मेडलसहित नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् । उनलाई धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अइन्द्रविक्रम बेघाले पुरस्कार प्रदान गरेका थिए ।
जितसँगै एपीएफ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज आइतबार साँझ ६ बजे धरानको स्वर्णिम फुटबल क्लब र उदयपुरको गाईघाट फुटबल क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार प्रतियोगिताको फाईनलमा विजेता टोलीले ५ लाख रुपैयाँ, धरानको पहिचान बोकेको ट्रफी र उपविजेता टोलीले ३ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ईभी स्कुटर पाउनेछन् । त्यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीले १५ हजारका दरले जनही नगद पुरस्कार तथा मेडल पाउनेछन् ।
पहिलो धरान महिला गोल्डकपको तेस्रो खेलमा त्रिभुवन आर्मीको फराकिलो जित
# खेलकुद
गणतन्त्र खवर, धरान । पहिलो धरान अन्तर्राष्ट्रिय महिला गोल्डकप अन्तर्गत भएको तेस्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले बागमती युवा क्लबलाई ९-० गोलको
सजिनाको ह्याट्रिकमा स्वर्णिमको शानदार जित, ५-० ले उदयपुर पराजित
# खेलकुद
गणतन्त्र खवर, धरान । डी-१९ क्लब, धरान१९ को आयोजना भईरहेको पहिलो धरान अन्तर्राष्ट्रिय महिला गोल्डकपको दोश्रो खेलमा घरेलु टोली स्वर्णिम फुटबल क्लबले
धरानको पहिलो महिला अन्तर्राष्ट्रिय गोल्डकप सुरु, एपीएफ र भारतको एक्वा क्लबबीच उद्घाटन खेल
# खेलकुद
गणतन्त्र खवर, धरान । धरानको फुटबल इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित पहिलोपटक आयोजना गरिएको महिला अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता

प्रतिकृया दिनुहोस