धरानको पहिलो महिला अन्तर्राष्ट्रिय गोल्डकप सुरु, एपीएफ र भारतको एक्वा क्लबबीच उद्घाटन खेल
गणतन्त्र खवर, धरान । धरानको फुटबल इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित पहिलोपटक आयोजना गरिएको महिला अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । आज धरान-१६ स्थित धरान रंगशालामा शुक्रबार साँझ प्रतियोगिताको उद्घाटन गरिएको हो ।
धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुखको प्रमुख आतिथ्यतामा भएको उद्घाटन समारोहमा उनले रेफ्रीलाई बल हस्तान्तरण गरेपछि प्रतियोगिता औपचारिक रूपमा सुरु भएको हो । उनले उद्घाटन समारोहलाई सम्वोधन गर्दै उद्घाटन खेल देखि अन्त्यसम्म हेरी दिएर अन्तर्राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगितालाई साथ दिन दर्शकलाई अनुरोध गरेका छन् ।
उद्घाटन समारोहमा आकर्षक आतसबाजीसमेत गरिएको थियो । रात्रिकालीन प्रतियोगिता हेर्न रंगशालामा दर्शकको बाक्लो उपस्थिति रहेको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा नेपालका एपीएफ फुटबल क्लब र भारतको एक्वा फुटबल क्लब झारखण्डबीच प्रतिस्पर्धा भइरहेको छ । एपीएफको कप्तानी अनिता बस्नेतले गरेकी छन् भने भारतीय टोलीको कप्तानी मौमिता माझीले गरेकी छन् ।
धरान-१९ स्थित डी नाइन्टिन क्लबको आयोजनामा कात्तिक २८ गतेदेखि मंसिर ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका चर्चित क्लबसहित भारतको एक टोली गरी आठ टोली सहभागी छन् । धरानमा लामो समयदेखि पुरुष फुटबल प्रतियोगिता हुँदै आए पनि महिला फुटबलतर्फ अन्तर्राष्ट्रियस्तरको गोल्डकप पहिलोपटक आयोजना भएको हो ।
उत्कृष्ट खेलाडीलाई ईभी स्कुटर, विजयी टिमलाई ५ लाख रुपैयाँ
प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई विशेष पुरस्कारको समेत व्यवस्था गरिएको छ ।
साफ खेलकुदमा दुईवटा कांस्य पदक जित्न सफल सम्झना खालिङ राईले आफ्ना स्वर्गीय बुबा दिलबहादुर खालिङ राईको स्मृतिमा उत्कृष्ट खेलाडीलाई ईभी स्कुटर प्रदान गर्ने भएकी छन् । यसले प्रतियोगितालाई थप आकर्षक बनाएको छ ।
प्रतियोगितामा विजेता टोलीले ५ लाख रुपैयाँ, धरानको पहिचान बोकेको ट्रफी र उपविजेता टोलीले ३ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५ हजारका दरले जनही नगद पुरस्कार तथा मेडलसहित प्रदान गर्ने समेत भएको छ ।
पहिलो धरान महिला गोल्डकपको तेस्रो खेलमा त्रिभुवन आर्मीको फराकिलो जित
# खेलकुद
गणतन्त्र खवर, धरान । पहिलो धरान अन्तर्राष्ट्रिय महिला गोल्डकप अन्तर्गत भएको तेस्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले बागमती युवा क्लबलाई ९-० गोलको
सजिनाको ह्याट्रिकमा स्वर्णिमको शानदार जित, ५-० ले उदयपुर पराजित
# खेलकुद
गणतन्त्र खवर, धरान । डी-१९ क्लब, धरान१९ को आयोजना भईरहेको पहिलो धरान अन्तर्राष्ट्रिय महिला गोल्डकपको दोश्रो खेलमा घरेलु टोली स्वर्णिम फुटबल क्लबले
पहिलो धरान महिला गोल्डकपमा एपीएफको दमदार सुरुवात, झारखण्ड ७-० ले पराजित
# खेलकुद
गणतन्त्र खवर, धरान । पहिलो धरान अन्तर्राष्ट्रिय महिला गोल्डकपमा विभागीय टोली एपीएफ फुटबल क्लबले विजयी सुरुवात गरेको छ । डी-१९ क्लब, धरान-१९ को

प्रतिकृया दिनुहोस